युवा अधिकारबारे अभिमुखिकरण

युवा अधिकारबारे अभिमुखिकरण

दैलेख वैशाख ९ गते ।
दैलेखको भैरवी गाउँपालिकाको वडा नं. ४ र ५ मा गठित युवा क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको छ । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरणमा युवाहरुलाई अभिमुखिकरण गरिएको हो । युवा क्लबका पदाधिकारीहरुलाई युवा अधिकार तथा स्थानीय तहबाट दिइने सेवा सुविधाको बारेमा अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा भैरवी गाउँपालिकाको वडा नं. ४ र ५ मा गठित युवा क्लबका पदाधिकारीहरु सहभागि थिए ।

प्रतिक्रिया