आर्चरी खेलको आर्कषण बन्दै अनुष्का

आर्चरी खेलको आर्कषण बन्दै अनुष्का

बैशाख ९,नेपालगञ्ज । नेपालको सबैभन्दा बढी गर्मि हुने ठाउँ हो । प्रदेश ५ को नेपालगञ्ज । यही बेला नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकूद चलिरहेको छ । नेपालगञ्जको उखरमाउलो गर्मिको प्रवाह नगरि आठौं राष्ट्रिय खेलकुदका अधिकाँश सहभागी र प्रशिक्षक खेल खेल्न खेलाउनमा व्यस्त छन् ।

cfr{/Ldf j[4

सधै गर्मिको बेला कोठाबाट बाहिर ननिस्कने नेपालगञ्जबासी पनि गर्मि वेवास्ता गर्दै खेल्न हेर्न पाउँदा दंग छन् । मानौ नेपालगञ्जमा आजभोली गर्मि नै छैन जसरी । सधैका बर्षमा गर्मि हुने नेपालगञ्ज आजभोली खेलकुदमय भएको छ । कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराँते, तेक्वान्दो वा उसु, कतै भलिबल पौडी खेलको प्रतियोगिता चलिरहेको छ । तर केही दिन अघि भने प्रदेश प्रहरी तालीम केन्द्र नेपालगञ्जमा चलिरहेको आर्चरी प्रतियोगिता फरक छन् । दर्शकको भिड पनि उस्तै ।
आर्चरीमा १२ वर्षीया अनुष्का शेरचनदेखि ७० वर्षीय रामप्रसाद राईले आर्चरी खेलमा सहभागी छन् ।

सबै दर्शकको आँखा भने अनुष्का बनेकी छन् । अधिकाँश दर्शकको जनजिव्रोमा अुनष्का प्रशंसा भेटिन्छ । यति सानै उमेरमा राष्ट्रिय खेलकुद सहभागी भएको देख्दा । अनुष्का पोखरा महानगरपालिका–४ रानीपौवाकी कक्षा ७ मा भर्खरै उत्तीर्ण छात्रा हुन् । आठ प्रतिस्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा भाग लिन नेपालगञ्ज आएकी हुन् । शेरचनको परिवार खेल क्षेत्रमा कतै न कतै आबद्ध छ । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदक विजेता तथा ११ औं ओलम्पिककी उच्च स्कोरर हुन् । अनुष्काका दाजु अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् ।

यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकुदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन्। आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा १२ बर्षिया बालिकालाई चुनौतिपुर्ण छ । उनी भन्छन, ‘खेल जितिहाल्छु भन्ने त लागेको छैन । आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छ ु।’भविष्यमा आर्चरीमै ओलम्पियन बन्ने धोको छ । ‘१३ औं सागमा पनि भाग लिन्छु’, अनुष्का भन्छिन, ‘आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु।’ अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् ।
तर त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका छन् । विसं २००६ मा जन्मिएका विसं २०१८ मा बेलायती सेनामा भर्ना भएका थिए । त्यहाँ रहँदा उनले अन्य खेलहरुमा सहभागी भएपनि आर्चरी कहिल्यै नखेलेको अनुभव सुनाए ।

२०५६ मा बेलायती सेनाबाट अवकास पाएका राई समाजिक सङ्घसंस्थामा क्रियाशील रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर आर्चरीरित आर्कषण बढ्यो । यो खेलमा अन्य खेल जस्तो दौडधुप गर्नुपर्दैन । त्यही भएर आर्चरीतिर तानिएको हौं उनले भने । छ वर्षदेखि नियमितरूपमा आर्चरी खेलिरहेका राईले सातौं राष्ट्रिय खेलकूदमा देशभरबाट पाँचौं स्थान हासिल गरका थिए । अुनष्काको जस्तै राईको १३ औं सागमा पनि भाग लिने धोको छ।’
नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन ्। उनले भने, ‘आर्चरीलाई थप व्यवसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्राउन हामी लागि परेका छौं।’ संघले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ ।
‘आर्चरी खेलको प्रवद्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।’
बालिकादेखि वृद्धसम्मको सहभागिताले खेलाडीको समेत मनोबल बढाएको छ अध्यक्ष गुरुङ्ग भने । ‘यहाँको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।’नेपालमा आर्चरीको सुरूआत विसं २०४४ देखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको हो।
खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ । खेलप्रति सरकारको चासो नदेखकाएकाले गुरुङ्गले दुखेसो पोखे । ‘विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छौ अब यसलाई फुलाउनु छ ,फलाउनु छ ।’

प्रतिक्रिया