दैलेखमा तीन वटा १५ शैय्याको अस्पताल बन्ने (नामावली सहित)

दैलेखमा तीन वटा १५ शैय्याको अस्पताल बन्ने (नामावली सहित)

दैलेख वैशाख १६ गते ।
दैलेखमा तीन वटा १५ शैय्याको अस्पताल बन्ने भएका छन् । पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्ने लक्ष अनुसार पहिलो चरणमा दैलेखमा तीनवटा स्थानीय तहमा १५ शैय्याको अस्पताल बन्ने भएको हो । १५ शैय्याको अस्पताल बन्नेमा आठबीस नगरपालिकाको राकमकर्णाली स्वास्थ्य चौकी, ठाटीकाँध गाउँपालिकाको लकान्द्र प्राथमिक स्वाथ्य केन्द्र, नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वाथ्य केन्द्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्छ ।’ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

https://drive.google.com/file/d/1h3qfW48EXmPkFUe__v680wZ4v5YrS3iG/view

प्रतिक्रिया