नेपाली काँग्रेसको कर्णाली जागरण अभियान अन्तरगर्त बेस्तडामा विशाल आमसभा

नेपाली काँग्रेसको कर्णाली जागरण अभियान अन्तरगर्त बेस्तडामा विशाल आमसभा

दैलेख वैशाख १९ गते ।
नेपाली काँग्रेसको कर्णाली जागरण अभियान अन्तरगर्त दैलेखको बेस्तडामा विशाल आमसभा सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिकाको बेस्तडामा भएको आम सभालाई सम्बोधन गर्नुहुँदै प्रतिनीधि सभा सदस्य डा.डिला संग्रौलाले बर्तमान कम्युनिष्ट सरकार निर्मला हत्या काण्ड, बाटुवाटार जग्गा प्रकरण, वाइडवडी तथा सुन काण्डमा फसेको बताउनुभयो ।
नेपाली काँग्रेसकी प्रभावशाली केन्द्रीय सदस्य समेत रहनुभएकी डा. संग्रौलाले नेपाली काँग्रेसको मजबुद एकताले राणा शासन होस् या राजाको शासन टिक्न नसकेको बताउँदै अब कम्युनिष्ट अभिनायकवाद पनि टिक्न नसक्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सिता कुमारी रानाले दैलेखका महिलाहरु एकताबद्ध भएर काँग्रेसलाई मजबुद बनाउन तर्फ लाग्न आह्वान गर्नुभयो । नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य दशरथ खड्का, क्षेत्रिय सभापति घनश्याम भण्डारी, पूर्व सभापति जगतजंग थापा, महासमिति सदस्य मोहनमाया प्याकुरेल लगाएत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सहभागि थिए ।

प्रतिक्रिया