सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तय

सरकारको नीति तथा कार्यक्रम : दोहोरो अंकको आर्थिक वृद्धिदरको आधार तय

काठमाडौँ – सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । राष्ट्रिय सभा तथा संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले सरकारको कामले उत्साह जनक परिणाम देखिन थालेको बताइन् ।उनले यस वर्ष ७ प्रतिशत र अघिल्लो वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर भएको बताइन्। यसले दोहोरो अंकको आर्थिक वृद्धिदर तय भएको छ, उनले भनिन्।उनले प्रदेश र स्थानीय तहको क्षमता, पुर्वाधार समेतको आधारमा वस्तुगत र वैज्ञानिक सुन्तुलनको हिसाबले काम भइरहेको बताइन्।

प्रतिक्रिया