पार्टी परित्यागको घोषणा


दैलेख – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका वडा नं. ८ का भरत कुमार सिजापतीले पार्टी परित्यागको घोषणा गरेका हुन् । सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै सिजापतीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ‘पार्टीमा विगत लामो समय देखि दैलेख जिल्ला संगठनमा रहि काम गर्दैै आएको थिएँ, विज्ञप्तीमा भनिएको छ ‘आजकै दिन देखि म आफ्नै कारणले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि स्वतन्त्र नागरिकको रुपमा रहनेछु ।’ उनले स्वतन्त्र नागरिकको हैसियतमा पेशा व्यवसाय संचालन गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले आफुलाई स्वतन्त्र रुपमा बस्न पाउने वातावरण बनाइदिन सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेका छन् । सोमवार दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, प्रहरी नायब निरिक्षक ठाकुर प्रसाद पोखरेल, आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय, नेपाली काँग्रेस दैलेखका सचिव भुपेन्द्र शाही लगाएतको उपस्थितमा उनले यस्तो घोषणा गरेका हुन् । दैलेखका प्रमुख जिल्ला अधिकारी बास्कोटाले मुलुक विकास र समृद्धिको दिशामा अघि बढिरहेका बेला विचार र आस्थाका आधारमा संबैधानिक व्यवस्था विपरित जनतालाई धम्क्याउने, चन्दा आतंक मच्चाउने र समाजको शान्ति सुरक्षा खलबलाउने काम कोहिले गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया