दुई बर्ष पछि नारायण नगरमा इजलास कक्ष संचालन

दुई बर्ष पछि नारायण नगरमा इजलास कक्ष संचालन

अमर सुनार, दैलेख– जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले नारायण नगरपालिकाको न्यायिक इजलासको एक औपचारिक समारोहवीच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख थापाले इजलासको सजावट जस्तै न्याय प्रभावकारी दिन सुझाव दिनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले संविधानले कार्यपालिका, न्याय र व्यवस्थापिका समेतको अधिकार दिए अनुसार स्थानीय तहहरुले सेवा प्रवाहमा गतिशीलता ल्याउनु पर्ने आवश्यकता औल्याउनुभयो । नारायण नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री मल्लको अध्यक्षतामा भएको न्यायिक इजलास उद्घाटन कार्यक्रममा सहन्यायाधिवक्ता द्रोणदत्त पौडेल, नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष यामराज थापा, पत्रकार भूपेन्द्र शाही र नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले पनि बोल्नुभएको थियो ।
नारायण नगरपालिकाले इजलास व्यवस्थापन लगायतका काममा १० लाख खर्च गरेको तर न्यायिक समितिको कामलाई सघाउन नियुक्त गरेका अधिवक्ता हरिबहादुर खत्रीलाई पाँच महिनादेखि बिना पारिश्रमिक काम गराइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै सल्लाहकार वा करारमा कुनै कर्मचारी नराख्न गरेको परिपत्रको कारण तलव सुविधा दिन नसकेको नगरपालिका प्रशासनले जनाएको छ ।

प्रतिक्रिया