बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम

दैलेख जेठ ३ गते ।
दैलेखको भैरवी गाउँपालिकामा बालमैत्री स्थानिय शासन सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । एइआइएन लक्जेम्बर्गको सहयोग, भैरवी गाउँपालिका दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा तालिम संचालन भएको हो । तालिमममा भैरवी गाउँपालिका स्तरिय सरोकारवाला गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका विषयगत शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । तालिममा बाल मैत्री भनेको के हो ? बालमैत्री, किन र कसरी तथा बालमैत्री स्थानिय शासन सम्वन्धिका सुचकहरुको बारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षण शमशेर बहादुर शाहीले गर्नुभएको थियो । तालिम संचालन पश्चात कार्ययोजना समेत तयार गरिएको छ ।

प्रतिक्रिया