मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारको प्रदर्शन

मिडिया काउन्सिल विधेयक   विरुद्ध पत्रकारको प्रदर्शन

दैलेख जेठ ३ गते ।
मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधान प्रति असन्तुष्टि जनाउँदै दैलेखका पत्रकारहरुले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा आफ्ना पेशागत पहिचान झल्कने क्यामेरा लगाएतका समाग्री सहित जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रदर्शन गरिएको हो । प्रेस स्वतन्त्रतामा अंकुश लगाउने विद्येयक विरुद नेपाल पत्रकार महासंघको घोषित केन्द्रिय कार्यक्रम अनुसार दैलेखका पत्रकारहरु संचार सामाग्री सहित प्रशासन कार्यालय अगाडी धर्नामा उत्रेका हुन् ।
नेपाल सरकारको मन्त्री परिषद्बाट पारित भई वैसाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको भन्दै त्यसको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् । नेपाल पत्रकार महासंघले प्रस्तावित विधेयकको विरोधमा आन्दोलनको घोषणा गरेको थियो । मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुंठित गर्ने प्रावधानहरु राखिएकोले पत्रकारहरुले आन्दोलन गर्न बाध्य भएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताउनुभयो ।
उहाँले प्रस्तावित कानुनले संविधान प्रदत्त प्रेस स्वतन्त्रता र वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने बताउनुभयो । ‘काउन्सिल विद्येयक प्रेस स्वतन्त्रतामा अंकुश मात्र नभई हदैसम्मको सजाय हुने व्यवस्था छ, जो पत्रकारहरुको हितमा छैन्, अध्यक्ष केसीले भन्नुभयो । मिडिया काउन्सिल विधेयकका साथै सञ्चार सम्बन्धि सबै कानुनहरु महासंघ सहित सबै सरोकारवालाहरुसंग छलफल गरेर मात्रै ल्याउन सरकारसंग महासंघले माग गरेको छ । धर्नाबाटै संसदमा पेश गरिएको काउन्सिल विद्येयक यथासक्य संशोधन गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया