गुराँसमा प्रेस युनियनको तदर्थ शाखा

गुराँसमा  प्रेस युनियनको तदर्थ शाखा

दैलेख जेठ ५– नेपाल प्रेस युनियनको शाखा गुराँसमा गठन भएको छ । आइतवार नेपाल प्रेस युनियन दैलेखका अध्यक्ष भुपेन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले गुराँस गाउँपालिका स्तरिय तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा गुराँस आवाज साप्ताहिकका सम्पादक टेकराज केसी चयन भएका छन् । केसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको बताईएको छ । जसको उपाध्यक्षमा तुलसी गुरुङ्ग, सचिवमा जानकी कुमारी पुन मगर, कोषाध्यक्षमा यामराज विसी रहेका छन् । त्यस्तै सहसचिवमा याम बहादुर विक, सदस्यहरुमा जेनिस कुमार रावल, लक्ष्य बहादुर विक लगायत रहेका छन् । गठन भएको नयाँ समितिले प्रेस युनियनको सदस्यता माग गर्ने निर्णय समेत गरेको छ । सोहि अबसरमा प्रेस युनियन दैलेखका अध्यक्ष भुपेन्द्र शाहीले पत्रकारले सधै स्वतन्त्र ढङ्गले समाचार लेख्न पाउनुपर्ने बताउँदै अहिले संसदमा पेस भएको मिडिया काउन्सिल विद्येयक त्यसको विरुद्धमा रहेको बताए । शाहीले गाउँपालिकामा गठन भएको तदर्थ समिति जिल्लाकै नयाँ र पहिलो भएको बताउँदै कुना कन्धरामा रहेका सुचनाहरुलाई बाहिर ल्याउन आग्रह गरे । कार्यक्रममा बोल्दै नव गठित तदर्थ समितिका अध्यक्ष टेकराज केसीले पत्रकारिता क्षेत्रलाई संघियताको मोडलमा लिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया