४० जना बृद्धबृद्धालाई सम्मान

४० जना बृद्धबृद्धालाई सम्मान

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ की बाटु विष्ट वडा कार्यालयले सम्मान गर्दा निकै खुसी छिन् । उमेरले १ सय १ बर्ष काटेकी विष्टलाई वडा कार्यालयमै बोलाएर सम्मान गरिएको थियो । उनि जस्तै सोहि ठाउँका गंग बहादुर विष्ट पनि वडाले सम्मान गर्दा खुसी भए । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीले बाटु र गंग बहादुर जस्तै वडाका ४० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । वडामा रहेका ८० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको हो । यसरी बृद्धबृद्धाहरुको आत्मसम्मान हुने सम्मान गरेकोमा उनीहरु सुखी भएका छन् ।
वडा कार्यालयमा आइतवार एक कार्यक्रम आयोजना गरेर बृद्धवृद्धालाई सम्मान गरेको हो । सम्मानसँगै बृद्धबृद्धालाई एक÷एक वटा कम्बल समेत प्रदान गरिएको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिक शिर्षकको बजेटबाट बृद्धबृद्धालाई सम्मानसँगै कम्बल प्रदान गरिएको वडाअध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो । बृद्धबृद्धाहरुलाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडाअध्यक्ष खत्रीको भनाई छ । सम्मान कार्यक्रममा वडा सदस्यहरु रुद्ध बहादुर विष्ट, तेज बहादुर थापा, कृष्णा नेपाली, शुसिला खड्का, वडा स्थित बृद्धबृद्धाहरु सहभागि थिए ।

प्रतिक्रिया