कर्णाली राजमार्गमा मिनिट्रक दुर्घटना – तीनको मृत्यु

कर्णाली राजमार्गमा मिनिट्रक दुर्घटना – तीनको मृत्यु

दैलेख जेठ १० ।
कर्णाली राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । राजमार्गको दैलेख सुर्खेत सडक खण्डको सिमानामा आज भएको उक्त दुर्घटनामा परी ३ जनाको ज्यान गएको हो । ट्रक जलेको अवस्थामा फेला परेको हुँदा ट्रक नम्बर पत्ता लाग्न सकेको छैन् । मृतक तीनैजनाको पहिचान खुल्न नसकेको घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माले बताउनुभयो ।
उहाँका अनुसार एक जनाको शव दुर्घटनास्थलमा जलेको अवस्थामा र अन्य दुईजना ट्रकभन्दा ५० मिटर तल मृत अवस्थामा फेला परेको छ । घटनास्थल पुगेका प्रहरी सहायक प्रहरी निरीक्षक ठगिराम शर्माका अनुसार ट्रक सडक भन्दा झण्डै तीन सय मिटर तल खसेको छ ।
मिनि ट्रक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीको टोली घटनास्थलतिर गएको छ । घटनाको पूर्ण विवरण आउन भने बाँकी रहेको प्रहरी सहायक निरिक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया