बाल विवाह, छाउपडी र बाल संरक्षण विषयक अन्तरक्रिया

बाल विवाह, छाउपडी र बाल संरक्षण विषयक अन्तरक्रिया

कालिकोट जेठ १० गते ।
कालिकाटमा बाल विवाह, छाउपडी प्रथा र बाल संरक्षण सम्बन्धि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ नयाँ बजारमा अन्तरक्रिया गरिएको हो ।

एईआएन लक्जेम्बगको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार, खाँडाचक्र नगरपालिका र पलाँता गाउँपालिकाको सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाको कानुनी सहायता तथा परामर्शका लागि संचालित महिला र बालबालिका केन्द्रको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा खाँडाचक्र नगरपालिका वडा नं. २ नयाँ बजारका आमा समुहका पदाधिकारी, महिला समूह, बाल क्लब, विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो । अन्तरक्रियाको सहजिकरण महिला र बालबालिका केन्द्रका संयोजक संगिता वली र बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले गर्नुभएको थियो ।

प्रतिक्रिया