बाल विवाह तथा छाउपडी प्रथा सम्बन्धि अन्तरक्रिया

बाल विवाह तथा छाउपडी प्रथा सम्बन्धि अन्तरक्रिया

कालिकोट जेठ १३गते ।
कालिकाटमा बाल विवाह, छाउपडी प्रथा र बाल संरक्षण सम्बन्धि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.४ बद्री गाउँमा अन्तरक्रिया गरिएको हो । एईआएन लक्जेम्बगको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार, खाँडाचक्र नगरपालिका र पलाँता गाउँपालिकाको सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाको कानुनी सहायता तथा परामर्शका लागि संचालित महिला र बालबालिका केन्द्रको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

खाँडाचक्र नगरपालिका वडा नं.४ बद्रीका वडाध्यक्ष धनसिंह विकको अध्यक्षतामा भएको अन्तरक्रियामा आमा समुहका पदाधिकारी, महिला समूह, बाल क्लब, विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो । अन्तरक्रियाको सहजिकरण महिला र बालबालिका केन्द्र कालिकोटका संयोजक संगिता वली र बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले गर्नुभएको थियो ।

प्रतिक्रिया