चालक र सहचालक घाइते

चालक र सहचालक घाइते

दैलेख असार ५ गते – दैलेख सुर्खेत सडकखण्ड अन्तर्गत तालपोखरीमा बाँकेको नेपालगंजबाट दैलेख तर्फ गईरहेको मालबाहक ट्रक शनिवार दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । ना ४ ख ४६०७ नम्बरको मालबाहक ट्रक गुराँस गाउँपालिका –४ तालपोखरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा बर्दिया घर भएका चालक टिका खत्री र सहचालक प्रकाश पाण्डे रहेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ । सह–चालकको अवस्था सामान्य रहेपनि चालकको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते दुबैको उपचारका लागि सुर्खेत पठाइएको छ । विपरित दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा ट्रक दुर्घटनामा परेको हो ।

प्रतिक्रिया