एसईई परीक्षाकाे नतिजा सार्वजनिक: यसरी हेर्न सकिन्छ

एसईई परीक्षाकाे नतिजा सार्वजनिक: यसरी हेर्न सकिन्छ

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

कसरी हेर्ने नतिजा ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जालwww.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।

प्रतिक्रिया