ट्याक्टर दुर्घटनामा एक जनाको उपचारको क्रममा मृत्यु

ट्याक्टर दुर्घटनामा एक जनाको उपचारको क्रममा मृत्यु

चामुण्डा (दैलेख) । -ट्याक्टर दुर्घटनामा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । आज विहान चामुण्डाविन्द्रासैनी नगरपालिका देखि दुल्लु जादै गरेको भे १ त ८४८३ नं. ट्याक्टर दुल्लु नगरपालिका वडा नं. ९ को पादुका मन्दिर नजिकै दुर्घटना हुदाँ चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ९ का प¥यागराज जैसी (न्यौपाने) को उपचार क्रममा मृत्यु भएको हो ।

यसैगरी दुर्घटना परी चामुण्डाविन्द्रासैनी नगरपालिका–९का सम्भु न्यौपाने र वडा नं. ८ का भरत शाही घाईते भएका छन । घाईतहरुको हाल दुल्लु अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ । प्रहरीका अनुसार घाईतहरु मध्ये एकजनाको अवस्था गम्भिर रहेको रिफर गर्ने तयारी भएको छ ।

यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले घटनाप्रति दुःख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उद्धारका लागि एम्बुलेन्स पठाईको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया