किसानलाई अलैचीका विरुवा

किसानलाई अलैचीका विरुवा

दैलेख असार २२ ।
कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानलाई पुरक अनुदानमा अलैचीका विरुवा उपलब्ध गराएको छ । अलैची खेतीलाई विस्तार र प्रर्वद्धनमा सघाउने योजना अनुसार ३ लाख ७५ हजार अलैचीका विरुवा वितरण गरिएको हो । ‘एक निर्वाचन क्षेत्र, एक पकेट यरिया कार्यक्रम’ अन्तरगर्त प्रदेश सरकारले कृषि ज्ञान केन्द्र दैलेख मार्फत यहाँको नारायण बहुउदेश्यि सहकारी संस्था मार्फत संचालित लक्ष्मी नारायण अलैची पकेट क्षेत्र निर्माण कार्यक्रम अन्तरगर्त किसानलाई अलैचीका विरुवा उपलब्ध गराईएको हो ।
कार्यक्रम अन्तरगत दैलेखको नारायण नगरपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिकाका किसानलाई अलैचीका विरुवा वितरण गरिएको हो । कार्यक्रम संयोजक भक्तकिशोर श्रेष्ठका अनुसार नारायण नगरपालिका – १० भवानीमा १ लाख २० हजार, वडा नं। ११ बिन्ध्यावासिनीमा १५ हजार, महावु गाउँपालिकामा १ लाख २५ हजार २ सय अलैचीका विरुवा वितरण गरिएको हो । यस्तै नौमुले गाँउपालिकामा१ लाख १५ हजार मध्ये ६६ हजार विरुवा वितरण भैसकेको कार्यक्रम सयोजक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम अन्तरगत पहिलो चरणमा दैलेख निर्वाचन क्षेत्र नं। १ का ३ वटा स्थानिय तहका ७० हेक्टर क्षेत्रफलमा कार्यक्रम विस्तार गरिएको छ । जस अन्तरगत पूर्वाधार तर्फ १५ वटा प्लास्टिक पोखरी, ४ वटा पक्की पोखरी, ३ वटा अलैंची भट्टी पकेट क्षेत्र निर्माणाधिन अवस्थामा छ । सानो तथा ठुलो गरि करिब पाँच हजार मिटर पाइप वितरण गर्ने योजना रहेको बताईएको छ । दोस्रो चरणमा क्षेत्र नं १ कै भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिकामा कार्यक्रम बिस्तार गरिने र क्षेत्र नं २ को ३ वटा तह गरि १ सय ५० हेक्टर क्षेत्रफलमा अंलैची खेतीलाइ विस्तार गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया