तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदै

तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदै

काठमाडौँ, असार २७ गते । असार शुक्ल एकादशी शुक्रबार तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी एकादशीका दिनसम्म शुभकार्य नगर्नु भन्ने ज्योतिषीय मान्यता छ । यो अवधिमा ज्योतिषले श्ुभकार्यको घडीपला तोक्ने गर्दैनन् । तुलसीलाई आयुर्वेदमा महìवको वनस्पतिका रूपमा व्याख्या गरिएको वैद्यराज सुवर्ण वैद्य बताउनुहुन्छ । पशुपतिमा शुक्रबार आर्यघाट बागमतीमा तुलसीको डोरो राख्ने चलन छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाटमा अमालबाट तुलसीको बिरुवा दिएर रोपण आयोजना भएको छ ।

प्रतिक्रिया