राउटे युवक तीन महिना देखि बेपत्ता

राउटे युवक तीन महिना देखि बेपत्ता

दैलेख, साउन २२ गते । जंगलको राजा दावी गर्ने लोपोन्मुख राउटे समुदायबाट एकजना युवक तीन महिनादेखि हराएपछि राउटे समुदाय खोजीमा जुटेको छ । घुमन्ते जातिको रुपमा रहेको यस जाति जंगल जंगलमा घुमेर जीविकोपार्जन गर्छन् । राउटे समुदाय आफूलाई कहिल्यै नहराउने जातिको रुपमा मान्ने गर्छन । तर जयबहादुर हराएकोले राउटे समुदायमा तीनमहिनायता चिन्तामा डुबेको छ ।
गतवैशाख २५ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १३ को बेतेनी खोलादेखि ३६ वर्षीय जयबहादुर शाही हराएका हुन् ।  बुधबार सुर्खेतमा पत्रकार सम्मेलन गरी सम्पर्कविहीन भएका जयबहादुरका दाजु प्रकाश शाही र भाई सोभान शाहीले हराएका जयबहादुरलाई खोजी गरिदिन स्थानीय सरकारसँग माग गर्नुभएको छ । 
पत्रकार सम्मेलनमा प्रकाश शाहीका अनुसार वैशाख २४ गते गुर्भाकोट नगरपालिका १३ को गाउँमा विहेमा   नाचगान गरेको र आफूहरु ऊ आउने विश्वास गरेर फर्के पनि अहिलेसम्म आएको छैनन् । यसअघि पनि जयबहादुर दुईपटक हराइसक्नुभएको छ । 
पहिलो पटक एकमहिना र दोस्रो पटकडेढ महिना हराउनुसक्नुभएका जयबहादुर तीन महिना पुग्दा पनि फेला नपरेपछि खोजी गरिदिन आग्रह गरिएको प्रकाश शाहीले बताउनुभयो । राउटे समुदायको महत्वपूर्ण पूजा आउन लागेकाले पनि छिटो खोजी गरिदिन उहाँले पत्रकार सम्मेलनमा माग राख्नुभयो । 
राउटे समुदायसँग समन्वय गर्दै आउनुभएका पत्रकार नगेन्द्र उपाध्यायले हराएका राउटे युवालाई सरकारले खोजी गरिदिनुपर्ने माग राख्नुभयो । 
वैशाख २५ गते नै राउटेहरु बेतेनी खोलाबाट दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बसाईं सरेका थिए । राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बस्दै आएका छन् । 

प्रतिक्रिया