पलाँता र भैरबीमा युवा दिवस (फोटोफिचर)

पलाँता र भैरबीमा युवा दिवस (फोटोफिचर)

दैलेख साउन २८
‘शिक्षामा रूपान्तरण : उद्यमशिलता र नवप्रवद्र्धन’ भन्ने नारा सहित दैलेखको भैरबी गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकामा सोमवार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । गाउँपालिका, तथा वडाको समन्वय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अगुवाईमा विभिन्न चेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसको अबसरमा भैरबी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । यस्तै पलाँता गाउँपालिकाका विभिन्न वडामा पनि अन्तरक्रिया, ¥याली गरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित कार्यक्रम जनप्रतिनीधि, स्थानीय युवा तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया