आज गाईजात्रा मनाइँदै

आज गाईजात्रा मनाइँदै

दैलेख साउन ३१ । भदौ कृष्ण प्रतिपदाका दिन शुक्रबार काठमाडौँ उपत्यकालगायत नेवार बाहुल्यता रहेको क्षेत्रमा देशभर सापारु भनी गाईजात्रा मनाइँदै छ । दैलेखमा पनि गाईजात्रा मनाइन्छ । दैलेखमा भने सबै जातीको साझा पर्वको रुपमा रहेको छ ।
गाईजात्रा परम्पराको सुरुआत मल्लकालमा भएको मानिन्छ । यसले शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजाले हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन् भन्ने देखाउन ‘गाईजात्रा’ आरम्भ गरेको इतिहास छ ।

ऐतिहासिक तथ्यका अनुसार काठमाडौँमा त्यतिबेला बाहुल्यता रहेको गाईपालक समुदाय (सालह्यु) लाई मानिस मरेका घरबाट गाई सिँगारेर दरबारमा ल्याउनू भनी अह्राइयो । झाँकी निस्किएको र त्यसले कालान्तरमा जात्राको स्वरूप लिएको इतिहासमा वर्णित छ । अचेल तेस्रोलिङ्गी समुदायले पनि यौनकुण्ठा, यौनचाह, खुलापन लगायतको हाउभाउ प्रदर्शन गर्दै गाईजात्रा बनाउन थालेका छन् । काठमाडौँको थने भनिने ठहिँटी र कोने भनिने कोहिटी क्षेत्र हुँदै तत्कालीन प्रताप मल्लको हनुमानढोका दरबार परिक्रमा गराउने गरिन्छ । विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिन्छ ।

प्रतिक्रिया