कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण शुरु

कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण शुरु

सुर्खेत भदाै ५ ।
नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गरेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई के कारणले जनताले पत्याएनन् र किन पार्टी पछि पर्यौ भन्ने जवाफ आफैबाट खोज्नु पर्ने औंल्याए । नेकपा सरकारप्रति जनता निराश रहेकाले जनतलाई निराश हुनबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिकोभन्दा पनि विचारको पछि लागेमात्रै गुटको अन्त्य हुने बताए। पार्टीका नौं सिद्धान्तलाई आत्मसाथ गर्दै केन्द्रदेखी वडा तहसम्म पार्टीको नीति र धारणा लिन कार्यकर्तालाई निर्देशन दिए ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले समापन गर्ने प्रशिक्षणमा कांग्रेसको सांगठनिक संरचना, विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव, आर्थिक आधार, वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारे महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।
कांग्रेसले शुरु गरेको प्रदेश स्तरिय प्रशिक्षणबाट कर्णालीका पार्टी नेता र कार्यकर्ता उत्साहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरु एउटै मञ्चमा सहभागी भएर प्रशिक्षण दिन थालेपछि पार्टीभित्रको अन्तरद्वन्द्व अन्त्य गर्न लागेको भन्दै कार्यकर्ताहरु उत्साहित भएका हुन् । नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरिय महाधिवेशन प्रतिनिधीहरुलाई प्रशिक्षण दिन शुरु गरेपछि कार्यकर्ताहरुले पार्टीभित्रको अन्तरद्वन्द्व कम हुने विश्वास गरेका छन् । वीरेन्द्रनगरमा बिहिबारदेखी शुरु भएको प्रशिक्षणमा पार्टीका केन्द्रीय शीर्ष नेताहरु एउटै मञ्चमा देख्दा कार्यकर्ताहरु थप उत्साहित छन् ।
विगतमा जे भएपनि वर्तमानमा समिक्षागर्दै पार्टीले आगामी चुनावी रणनीति तय गर्नमा प्रशिक्षणले मदत पुग्ने अपेक्षा रोखेको जाजरकोटका महाधिवेशन प्रतिनिधी निलम शाहीको छ । उनले यस्ता प्रकारका प्रशिक्षणले पार्टीको स्पष्ट धारणा र ति धारणालाई तलसम्म लैजान मद्द पुग्ने उल्लेख गरे ।

प्रतिक्रिया