कृषिमा बढ्दो युवा आर्कषण

कृषिमा बढ्दो युवा आर्कषण

दैलेख भदौ ६ ।
युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिएका खवर आइरहँदा दैलेखमा भने व्यावसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने युवा कृषकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लाको भैरबी गाउँपालिकामा गठित विभिन्न युवा क्लबमा आबद्ध युवाहरुलाई प्राथमिकताका आधारमा कृषि विउ तथा प्राविधिक सहयोग उपलब्ध गराएपछि कृषि पेशामा युवाको आर्कषण बढ्दै गएको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखकोे सहजिकरणमा एइआइएन लक्जेम्वर्ग र भैरवी गाउँपालिकाको आर्थिक सहयोगमा संचालित महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन (आधार) परियोजनाले विउ उपलब्ध गराएको हो । जिल्लामा पछिल्लो समयमा कृषिलाई व्यावसायिक बनाएर लगानी गर्ने र अनुदान माग गर्ने युवा किसानको संख्या पनि बृद्धि हुँदै गएको छ ।

परियोजनाले भैरबी गाउँपालिका वडा नं. ६ र ७ मा गठित युवा क्लबमा आबद्ध युवा कृषकहरुलाई मौषमी बेमौषमी तरकारीको विउ वितिरण गरेको हो । यहाँका आठ वटा युवा क्लबमा आबद्ध युवा कृषकहरुलाई विउ वितरण गरिएको परियोजनाका कृषि प्राविधिक सम्झना थापाले बताइन् ।
उनिहरुलाई बन्दा, काउली, टमाटर, मुला र सिमीको विउ वितरण गरिएको उनले जानकारी दिइन् । युवाहरुलाई आवश्यक तालिम, विउ वितरण गरेर प्रोत्साहन गरिएको जनाईएको छ । परियोजनाले विउ उपलब्ध गराएपछि तरकारी खेतीमा थप सहयोग मिलेको भैरबी गाउँपालिकाका युवा कृषक कमला गुरुङ्गले बताइन् ।

प्रतिक्रिया