मन जितेर जाँदै डीएसपी पोखरेल

मन जितेर जाँदै डीएसपी पोखरेल

दैलेख : एक प्रसिद्ध कविलाई भेट्न एउटा साधारण प्रसंशक उनलाई भेट्न निवासमा गएछन् । प्रशंसकले भेट हुँदा गरेको नमस्कारलाई उनले सामान्य औपचारिकता मात्र निभाएर फर्काएछन्, अनि कुराकानी भयो । कुराकानीको क्रममा ती प्रशंसक त साहित्य र कविताको विषयमा अत्यन्त धेरै जानकारी भएको कविले थाहा पाए ।

कुराकानी सकियो, कविका प्रशंसक फर्किने अनुमति मागे । कुराकानी सकिएकोले कवि प्रशंसकलाई पु¥याउने मूलद्वारसम्मै पुगेर आदरपूर्वक हात जोडेर विदा गरेछन् । प्रशंसकलाई यति धेरै आदर गरेको देखेर उनले कविलाई सोधेछन् – तपाईं अघि भेट हुँदाको अभिवादन सामान्य रुपमा फर्काउनुभएको थियो अनि अहिले किन यति धेरै झुक्दै हुनुहुन्छ भनेर सोधेछन् ।

प्रशंसकको प्रश्नमा कविले जवाफ दिएछन् ‘भेट हुँदा तपाईंको बारे केही थाहा थिएन, त्यसो भएर सामान्य रुपमा लिएँ तर कुराकानीपछि थाहा भयो तपाईं त हामी कवि भन्दा धेरै अनुभूती र ज्ञान तपाईंसंग रहेछ त्यसो भएर तपाईंको ज्ञानको आदर प्रकट गर्न मूलद्वारसम्म आएको हुँ ।’
दैलेखबाट कञ्चनपुर जान लागेका दैलेखका प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले एक वर्ष दैलेख बसाईको क्रममा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन र अर्धन्यायिक निकायको प्रमुखका रुपमा निर्वाह गरेको भूमिकालाई प्रशंसा गर्दै दलित नागरिक समाजले गरेको विदाईको क्रममा गरिएको विदाई तथा सम्मान अभिव्यक्तिले कवि र प्रशंसकको कथा मेल खाएको थियो ।
जिल्लामा आए लगतै डीएसपी पोखरेलले प्रहरीलाई शान्ति सुरक्षाको निम्ति यति धेरै ‘एलर्ट’ गरेका थिए कि कुनै घटना भएपछि मात्र हर्न बजाउँदै दगुर्ने प्रहरीको आकस्मिक गस्ती गर्ने प्रहरीको गाडी मूलगेट बाहिर तयारी गरी राख्न लगाएका थिए ।
उनको सहयोगले पीडितहरुले न्याय पाउन सहजताका निम्ति बास्तविक पीडितहरुले ल्याएको जाहेरी दर्ता गर्ने र कानूनी कारवाही अगाडि चलाइन्थ्यो । यस क्रममा उनकै कार्यालयमा कार्यरत प्रहरी जवानले बहुविवाह वा सस्तोको लागि चोरीको मोटरसाइकल किन्ने प्रहरी पनि छुटेनन् । पहिले एक सयको हाराहारी चल्ने मुद्दा १ सय ८५ मुद्दा चले ।
प्रहरी प्रधान कार्यालयको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र कर्णाली प्रदेश प्रहरीको कारागारका लागि किताव अभियान र मातहतका प्रहरी चौकीका लागि स्थानीय तहसंगको समन्वयमा सामुदायिक प्रहरी गस्तीका लागि स्थानीय तहबाट मोटरसाइकल प्राप्त गर्ने कार्य डीएसपी पोखरेलकै अगुवाईमा भयो ।
उनी आएको लगतै दैलेखमा एउटा बालबिज्याईंको घटनामा प्रहरी र अदालतमा बुझाउनुपर्छ भन्दै एक दलाली गर्ने घिउकुमारी शाहीले लिएको २१ हजार रुपैंयाँ पीडित पक्षलाई आफ्नै रोहवर फिर्ता गर्न लगाएर ‘बिचौलिया’ निरुत्साहित गरेका थिए ।
प्रहरी केन्द्रको सुशासन पद्धति सुधार अभियानको कुशल प्रयोगकर्ता डीएसपी पोखरेलले आफ्नो कौशलता समेत प्रयोग गरेर यी सुधारका काम थालेका हुन् । उनी भन्दा अगाडिका डीएसपी सरोज पौडेलले प्रहरीमा लेखिने ठाडो निवेदन प्रहरी कार्यालय आफैले लेखिदिने कार्य अहिले पनि निरन्तरता छ ।
तत्कालिन डीएसपी बीरबहादुर ओलीले दैलेखमा बालविवाह रोकथाम अभियान डीएसपी केदार रजौरे हुँदै अहिलेसम्म देशभरकै प्रभावकारी अभियान बनेको छ । भोकलका हिसावले ढिलो बोल्ने तर सर्वसाधारणसंग सोझो सम्वन्ध बनाउन सफल डीएसपी पोखरेल आफ्नो सफलता स्थानीयको सूचना सहयोगलाई श्रेय दिन्छन् पोखरेल मंगलवार कञ्चनपुर जाँदैछन्, उनको ठाउँमा डीएसपी हरि ओली मंगलवारदेखि कार्यभार सम्हाल्न आउदैछन् ।

प्रतिक्रिया