तीन दैनिक सम्मानित

तीन दैनिक सम्मानित

दैलेख भदाै ११ ।
जिल्लामा नियमित रुपमा प्रकाशन भईरहेका तीन दैनिक पत्रिका सम्मानित भएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २२ औँ साधारण सभा तथा बार्षिक उत्सबका अबसरमा तीन दैनिक पत्रिकालाई सम्मान गरेको हो । पञ्चकोशी खबर दैनिक, धमाका राष्ट्रिय दैनिक र हाम्रो तेस्रो आँखा राष्ट्रिय दैनिकलाई सम्मान गरिएको हो ।

जिल्लामा महिला बालबालिका र सूचना तथा संचारको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले पञ्चकोशी खबर दैनिकका तर्फबाट सम्पादक हिक्मतबहादुर नेपाली, हाम्रो तेस्रो आँखा दैनिकको तर्फबाट सम्पादक यज्ञराज थापा र धमाका दैनिकको तर्फबाट उदयराज अधिकारीलाई सम्मान पत्र प्रदान गरे ।

प्रतिक्रिया