उपाध्याय र सुनारलाई ‘बाटु स्मृती पत्रकारिता पुरस्कार’

उपाध्याय र सुनारलाई ‘बाटु स्मृती पत्रकारिता पुरस्कार’

दैलेख भदौ ११ ।
पत्रकारद्धय नगेन्द्र उपाध्याय र विशाल सुनारलाई यस बर्षको ‘बाटु थापा स्मृती पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले आफ्नो आमा स्वर्गीय बाटु थापाको सम्झनामा स्थापना गरेको ‘वाटु थापा स्मृती पत्रकारीता पुरस्कार २०७६’ कर्णालीमा क्रियाशिल दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

दैलेख लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर महिला, बालबालिकाको क्षेत्रमा पत्रकारिताको माध्ययमबाट पु¥याएको अतुलनीय योगदानको कदर स्वरुप पुरस्कार उक्त प्रदान गरिएको हो । हरेक बर्ष प्रदान गरिँदै आएको उक्त पुरस्कार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २२ औँ साधारण सभा तथा बार्षिक उत्सबका अबसरमा प्रदान गरिएको हो ।
ंप्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा तथा पूर्व अध्यक्ष सिता कुमारी रानाले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरे । पत्रकार उपाध्याय नागरिक दैनिकको कर्णाली प्रदेश ब्यूरो प्रमुख हुन् भने सुनार एपीवान एचडी टेलिभिजनको दैलेख संवाददाता हुन् ।
महिला, दलित तथा बालबालिकाको सवालमा खोज पत्रकारिता मार्फत स्थानीय तथा राष्ट्रिय संचार माध्ययममा उजागर गरेको भन्दै उक्त पुरस्कार प्रंदान गरिएको संस्थापक अध्यक्ष थापाले बताए । पुरस्कारको राशि जनही १५ हजार १ रुपैया रहेको छ ।

प्रतिक्रिया