उत्कृष्ठ कर्मचारी सम्मानित

उत्कृष्ठ कर्मचारी सम्मानित

दैलेख भदाै ११ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरेको छ । विभिन्न कार्यक्रम तथा परियोजनामा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको हो । आफ्नो २२ औँ साधारण सभा तथा बार्षिक उत्सबका अबसरमा उनिहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम संचालन, व्यवस्थापन तथा समन्वय र सहकार्यको क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै कर्मचारी सम्मानित भएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।

सम्मानित हुनेमा साकार परियोजनाका संयोजक माधब भट्टराई, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक प्रकाश अधिकारी, सहयात्रा दोस्रो परियोजनाका फिल्ड अधिकृत द्धय रत्ना थापा र प्रेमबहादुर विष्ट, आशा आयोजनाका सामाजिक परिचालक नमराज थापा रहेका छन् ।
यस्तै साकार परियोजनाका सामाजिक परिचालक भरत सुनार, आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपाली, महिला तथा बालबालिका केन्द्र र बाल हेल्पलाइन १०९८ का निर्मला बिसी, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका स्वास्थ्य प्रवद्र्धक देवी सापकोटा सम्मानित भएका हुन् ।
सोहि अबसरमा समुदाय, संघ संस्था तथा विद्यालय तथा व्यापारी र व्यवसायीहरुलाई समेत सम्मान गरेको छ । डुङ्गेश्वर गाउँपालिका ४ को मुग्राधारा स्वास्थ्य आमा समुहका अध्यक्ष देबु बुढा यस बर्षको उत्कृष्ठ कृषकको रुपमा सम्मानित भएकी छिन् । विद्यालय सुधार र गुणस्तरिय सिकाई व्यवस्थापनका अतुलनीय योगदान पु¥याएको भन्दै जनसहयोग आधारभुत विद्यालय गुराँस गाउँपालिका–८ का भरत वली सम्मानित भएका छन् । बाल अधिकार तथा बाल विवाह न्यूनिकरणको क्षेत्रमा काम गरेको भन्दै जिल्ला बाल संजालका अध्यक्ष यामबहादुर विक र गुराँस बाल संजालका सचिव निशा रिजाल सम्मानित भएका छन् ।

यस्तै बाल अधिकार तथा बाल संरक्षणको क्षेत्रका उल्लेखनीय कार्य गरेकोमा गुराँस गाउँपालिका १ का वडाध्यक्ष नरबहादुर राम्जाली, प्रगतिशिल युवा क्लब भैरबी गाउँपालिका ५ की पार्वती थापा सम्मानित भएका छन् । संस्थागत सहयोग भन्दै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल र वडा नं. १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, प्राविधिक सहयोग इकाई दैलेखका जिल्ला जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महत र वन डिभिजन दैलेखका जिल्ला वन अधिकृत मुन बहादुर रावतलाई समेत सम्मान गरिएको छ ।

यस्तै बाल विवाह, छाउपडी न्यूनिकरण र संस्थागत सहयोग गरेको भन्दै भैरबी गाउँपालिका–३ का वडाध्यक्ष देवी भण्डारी, वडा नं. ४ का वडाध्यक्ष विरेन्द्रबहादुर शाही, आशा आयोजनाका उत्कृष्ठ कृषकको रुपमा खड्गबहादुर विक सम्मानित भएका छन् ।
यस्तै भैरबी गाउँपालिका–४ को बासुधारा युवा क्लबका सदस्य सिता विक, महाबु गाउँपालिका–२ को हरियाली बाल क्लबका सदस्य रेशम नेपाली र भैरिकालिकाथुम महिला संजालका अध्यक्ष सिता विक सम्मानित भएका छन् ।

प्रतिक्रिया