सोसेकले तोक्यो उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष

        दैलेख   |   प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     ::: 709 पटक पढिएको   |  

संस्थापक अध्यक्ष हीरासिंह थापाद्धारा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै ।

दैलेख भदौ १४ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कार्यसमितिको जिम्मेवारी बाडफाँड गरेको छ । शनिवार बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले टिकादेवी जैसीलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी महासचिवमा मञ्जु कुमारी खड्का र कोषाध्यक्षमा कृष्णा रावतलाई जिम्मेवारी तोकिएको संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । सदस्यहरुमा तारा कुमारी बोगटी, कमला चन्द, कमला कुमारी नेपाली (वादी), हस्त अधिकारी र पवित्रा वादी रहेका छन् ।
गत बुधवार सम्पन्न २२ औँ साधारण सभा तथा बार्षिक उत्सब तथा साधारणसभाबाट अध्यक्षमा दुर्गा कुमारी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरिसकेको छ । पदाधिकारीको जिम्मेवारी बाँडफाँडसँगै सपथ ग्रहण समेत सम्पन्न भएको छ ।



Leave a comment

Your email address will not be published.


*