बिमा रकम हस्तान्तरण

बिमा रकम हस्तान्तरण

दैलेख भदाै १९- एशियन लाइफ इन्सुरेन्स कम्पनी पश्तावित शाखा दैलेखले असामयिक निधन भएका नारायण नगरपालिका–४ सोतकी बिमित कृष्णकुमारी कटुवालको परिवारलाई एक लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको छ । ‘सामाजिक सुरक्षा र बचतको लागी बिमा गरौँ’ भन्ने उद्देश्यले संचालित इन्सुरेन्सले नारायण नगरपालिका–६ मा व्यवसाय गर्दै आएकी कटुवालको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उनको असार १३ गते असामयिक निधन भएको थियो ।
कटुवालले इन्सुरेन्समा १५ बर्षिय एशियन सार्वाधिक जीवन बिमा योजना अन्तर्गत १ लाख रुपैयाँको बिमा गरेको कम्पनीका विजनेश म्यानेजर लक्ष्मिप्रसाद जैसी बताए । बिमा रकमको चेक उनका श्रीमान हस्तबहादुर कटुवाललाई हस्तान्तरण गरिएको जैसी बताए । श्रीमान हस्तबहादुर कटुवालले श्रीमतीले बेलैमा सोचेर जीवन बिमा गरेको हुँदा उनको मृत्यु पश्तात प्राप्त बिमा रकमले आफ्ना सन्तानको उच्च शिक्षामा केहि राहत भएको प्रतिक्रिया दिए ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले जीवन बिमाको भविष्य उज्जवल भएको बताउँदै नगरपालिकाले नगरभित्र रहेका कर्मचारीहरुको जीवन बिमा गराउने अनिवार्य गर्नुका साथै नगरभरी बिमा योजना सुरु गर्ने बताए । कम्पनीका प्रश्तावित शाखा प्रमुख मिलन श्रेष्ठले जीवन बिमाको महत्वबारे जानकारी गराउँदै बिमाबारे धेरैजसो सर्वसाधरण नागरिकहरुले जानकारी नै नपाएको उल्लेख गरे । विनाशकारी भुकम्पको समयमा नेपालका सबै बिमा कम्पनीहरुले तीन सय जनाको मृत्यु दाबी भुक्तानी वितरण गरेको बताउँदै त्यसबेला एशियन लाइफ इन्सुरेन्सले ६५ जना मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया