कर्णालीमा मदिरा सेवन गर्न लाइसेन्स


जुम्ला भदाै २३ : कर्णाली प्रदेश सरकारले मदिरा सेवन गर्नेलाई अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागेको छ। मदिरा सेवनकै कारण हिंसा बढेको भन्दै यस्तो व्यवस्था गर्न लागिएको कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए।
‘कर्णालीमा अब मदिरा सेवन गर्न पनि प्रमाणपत्र लिनुपर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ’ उनले भने, ‘समाजमा मदिरा सेवनकै कारण हिंसा बढेकाले यस्तो नीति ल्याउन लागिएको हो।’
पूर्णरूपमा मदिरा बन्द गर्न नसकिने भन्दै उनले नियमनका लागि मदिरा बेच्ने र खानेलाई अनिवार्य लाइसेन्सको व्यवस्था गर्न लागिएको बताएका हुन्। जुम्लामा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमाजथाभावी मदिरा विक्री वितरण तथा सेवन गर्ने काम न्यूनिकरणका लागि लाइसेन्स लिने व्यवस्था अपरिहार्य भएको तर्क गरे।
प्रदेश सरकारले यसका लागि कानुन बनाउने उनको भनाइ छ। होटेलमा मदिरा तथा लागुऔषध सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै होटलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीन पुस्ते विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, माधक पदार्थ बिक्री गर्नकोलागि निश्चित स्थान र खानका लागि निश्चित समय तोक्ने जस्ता ब्यवस्था कानुनमै उल्लेख गरिने उनले बताए।
प्रतिक्रिया