दैलेखमा निजामती दिवस

दैलेखमा निजामती दिवस

दैलेख : १६ औँ निजामती दिवस दैलेखमा पनि भव्य रूपमा मनाइएको छ । ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मुलनारा सहित दिवस मनाइएको हो । दैलेख सदरमुकाम लगाएत ११ वटै स्थानीय तहमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । दैलेखको भैरबी गाउँपालिकमा पनि एक कार्यक्रमका विच दिवस मनाइएको छ ।
निजामती सेवा दिवस मुल समारोह समिति दैलेखद्धारा सदरमुकाममा आयोजित कार्यक्रममा ¥याली सहित जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी र जनप्रतिनिधिको काँधमा आएको बताउँदै संरचना सँगै अव काम गर्ने तरिका पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सुरुवातीका दिनमा धेरै पालिकामा भौतिक संरचनाको अभाव हुँदा हुँदै पनि परिवर्तनलाई संस्थागत गर्न जसरी खटेका छौं अँझै प्रभावकारी रुपमा खट्नुपर्ने बेला आएको छ । स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई स्थानीय सरकारले थप प्रोत्साहन प्रदान गर्नुपर्ने बारेमा जिल्ला समन्वय समितिले बिगत बर्षदेखिनै समन्वय गरेको जानकारी गराउँदै अव सरकारले पनि सुविधा प्रदान गरेको र सोही अनुसार जनताको काममा सवै खट्नुपर्ने सुझाव दिए ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले संघीय संरचना परिवर्तन सँगै जनताले उठाएको करबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवा सुविधा लिईरहेकाले जनप्रतिनिधि र कर्मचारी सबै राष्ट्रसेवक रहेको बताउँदै अव निजामती कर्मचारी प्रशासन र निर्वाचित जनप्रतिनिधिहरुले हातेमालो गरेर मुलुकको समृद्धितर्फ लाग्नुपर्ने बताए ।

जिल्ला न्यायाधिश डण्डपाणी लामिछानेले विकास र समृद्धिमा सुशासन कायम गरेर राष्टसेवक कर्मचारीको नारा सार्थक बनाउनुपर्ने सुझाव दिएका छन् । आ–आफ्नो स्थानमा पदिय दायित्व र जिम्मेवारी पूरा गर्न कर्मचारी लाग्नुपर्दछ । हामी जुन स्थानमा बसेर सेवा प्रवाह गरेका छौं सबै स्थानमा कानून लागू भएको हुन्छ । सबैले कानुन अनुकूलको सेवा प्रदान गर्दै सुशासन र पारदर्शीता अभियान थाल्नुपर्ने सुझाव लामिछानेले दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले हामिले दिएको सेवा साँचो अर्थमा जनताको आर्थिक अवस्था सुधारका लागि भएको छ कि छैन्, सुशासन भएको छ कि छैन्, जनताले राम्रो काम भएको अनुभूति गरेका छन् कि छैनन गहिरो रुपमा जाँच गर्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रसेवकका आचार सहिंता छन्, नियम कानून छन् त्यही भित्र रहेर हामीले नागरिकको सेवाका लागि खट्नुपर्ने छ । अव कार्यालय समयभन्दा १० मिनेट अगाडी कार्यालयमा पुगौं, जनता टेवुलमा आएका बेला सहजै रुपमा काम गरौं, वातावरण रमाईलो बनाऔं, नागरिकहरु बाध्यताले टेवलमा आएका हुन्छन् यो कुरा बुझांै । हामीले जनतालाई आहा कस्तो राम्रो व्यवहार गरेको भन्ने कुरालाई ध्यान दिऔं । व्यवसायिक नैतिकता र सदाचारितालाई सँधै ख्याल गरौं यति गरेपछि जनताप्रति उत्तरदायि भएको मानिने छ । काममा गुणस्तरता हुने छ र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्छ ।
कार्यक्रममा आधिकारीक ट्रेड यूनियनका अध्यक्ष भिमबहादुर बिष्ट, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तेजबहादुर थापा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तिर्थ जिसी, नेपाल कर्मचारी यूनियन संघका अध्यक्ष तुलसी प्रसाद उपाध्याय, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष जीतबहादुर खत्री लगायतले सुझाव सहितको मन्तब्य राखेका छन् ।

प्रतिक्रिया