उद्योग बाणिज्य संघ दैलेखको कार्यसमितिले पूर्णता पायो

उद्योग बाणिज्य संघ दैलेखको कार्यसमितिले पूर्णता पायो

–सदस्य एवं सल्लाहकारले लिए सपथ ।

दैलेख भदाै २३ । दैलेख उद्योग बाणिज्य संघ दैलेखको शनिवार बसेको बैठकले तीन जना कार्यसमिति सदस्य सहित सल्लाहकार समिति, कानुनी तथा प्रेस सल्लाहकार मनोनित गरेको छ । सदस्यहरु मनोनित भएसँगै ३३ जनाको पूर्ण कार्यसमितिले पूर्णता पाएको छ ।लामो समयसम्म रिक्त रहेको कार्यसमिति सदस्यहरुमा बेलासपुर दालमोट उद्योगका संचालक टिकादेवी जैसी, अन्नपूर्ण इन्टरप्राईजेजका संचालक प्रकाश पौड्याल, दुना लद्यु उद्यमी गंगा नेपालीलाई सदस्य पदमा मनोनित गरिएको हो ।
संघका संस्थापक अध्यक्ष प्रेमबहादुर विष्टको संयोजकत्वमा गठित सल्लाहकार समितिका् सदस्यहरुमा नरेन्द्र बहादुर थापा, गणेश बहादुर खड्का, खगीराम सुनार, कृष्णप्रसाद कोईराला, रामु बिक पाल्पाली, मन बहादुर कटुवाल रहेको छन् ।संघको प्रेस सल्लाहकारमा एपीवान एचडिका प्रतिनिधि बिशाल सुनार र न्यूज २४ का जिल्ला प्रतिनिधि यमराज कटुवाल मनोनित भएका छन् । त्यस्तै कानुनि सल्लाहकारमा प्रेम बहादुर थापा मनोनित भएका छन् । मनोनित सदस्य एवं सल्लाहकारले सोमवार सपथ लिएका छन् । सपथ ग्रहणमा दुई जना सदस्य जिल्ला बाहिर भएकाले अर्को बैठकमा सपथ ग्रहण गराइने संघले जनाएको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकको अध्यक्षतामा संचालित सपथ ग्रहण कार्यक्रममा स्वागत एवं शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष शान्ति प्रसाद शर्माले राखेका थिए । पुर्व अध्यक्ष द्धय तथा बिशिष्ट सदस्य याम बहादुर मल्ल र गणेश बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । मानोनित सदस्यहरुलाई शुभकामना दिदै अध्यक्ष विकले हामी नीजि क्षेत्र भएकाले आफ्नो व्यवसायिक निष्ठालाई कायम राख्दै व्यापार र सेवालाई कायम राख्नु पर्नेमा जोड दिए । दिनप्रतिदिन नीति नियम बन्दै जाने र व्यापारिहरुलाई नै असहज वातावरण बन्दै गएको तर्फ सरकार संवेदनशिल हुनुपर्ने उनको भनाई छ ।
आफ्नो स्वास्थ्य प्रतिकुलताको कारण ढिला हुन गएता पनि आजकै मिति देखि सम्पूर्ण व्यवसायिहरु एक ढिक्का भएर सम्पूर्ण व्यवसायिहरुको हक हितका पक्षमा थप उर्जाको साथ लाग्र्नु पर्ने आवश्यकता औल्याए । दैलेख जिल्लाको समग्र बिकासको पक्षमा चासो र चिन्ता व्यक्त गर्दै अध्यक्ष विकले राजनितिक दल, जनप्रतिनिध तथा स्थानिय सरकार र नीजि क्षेत्र एक जुट हुनुपर्नेमा जोड दिए । कार्यक्रम संचालन संघका महासचिव राजेश कुमार हमालले गरेका थिए ।

प्रतिक्रिया