संविधान दिवसमा घरघरमा झण्डा

संविधान दिवसमा घरघरमा झण्डा

दैलेख भदौ २५ – केन्द्र सरकारले संविधान दिवस हर्षोल्लासका साथ मनाउन आम सर्वसाधारणले घरघरमा राष्ट्रिय झण्डा राख्न आग्रह गरेको छ । गृह मन्त्रालयले यस बारे गरेको परिपत्र दैलेखमा संविधान दिवस मूल समारोह समितिको पूर्वतयारी बैठकमा जिल्ला समन्वय अधिकारी पदम सापकोटाले जानकारी गराए । इच्छुक जो कसैले ३ फीट चौडा र ५ फीट लम्वाईं आकारमा राख्न सक्ने गरी झण्डाको आकार समेत तोकेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको संयोजकत्वमा दैलेखमा गठन भएको संविधान दिवस जिल्ला स्तरीय मूल समितिले असोज २ गते नगर सफाई, ३ गते विहान प्रभातफेरी र ४ गते बिरामीलाई फलफूल वितरण सहित विशेष रुपमा मनाउने निर्णय गरेको छ ।
कुल १ सय ५१ सदस्यीय जिल्ला स्तरीय मूल समारोह समितिमा जिल्लाका साँसदहरु, राजनीतिक दलका प्रमुखहरु, राष्ट्रसेवक र नागरिक समाजका प्रतिनिधि समेटिएको छ । जिल्लाका सबै स्थानीय तहहरुलाई पनि दिवस मनाउन जानकारी गराइएको बताइएको छ ।

प्रतिक्रिया