जीप दुर्घटनामा दुईकाे मृत्यु

दैलेख असोज १० ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीको उम स्थित घट्टधारामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट दैलेख सुर्खेत सडकखण्ड हुँदै उम तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।
भे १ ज ३९९१ नम्बरको जीप दुर्घटना हुँदा ६० बर्षिया चन्द्रकला ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताए । अन्दाजी १० बर्षिया बालक दमन बुढाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जीपमा ६ जना सवार रहेको प्रहरीले बताएको छ ।
बिनालाइसेन्सका जीप साहु इन्द्रबहादुर थापाले जीप चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि दैलेख अस्पता तर्फ ल्याईको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको डिएसपी ओलीले बताए ।
प्रतिक्रिया