खोलाले बगाएर दम्पतिको मृत्यू

खोलाले बगाएर दम्पतिको मृत्यू

दैलेख – घरमा बडादशैंको टीका लाइवरी हिजो साँझ माइतीघर जान पैदल हिंड्ने क्रममा बाटोमा पर्ने खोलाले बगाएर दम्पतिको ज्यान गएको छ ।
दुल्लू नगरपालिका–११ कालभैरवका ४५ वर्षीय इन्द्रबहादुर सुनार र उहाँकी श्रीमति ४० वर्षीया खगिसरा सुनारको छामघाट खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

घरबाट करिव डेढ घण्टाको पैदल दूरीमा रहेको नारायण नगरपालिका–९ साँडु गाउँस्थित माइतीमा जान स्यालखाडा घाटबाट छामघाट खोला तर्न लाग्दा बगेर ज्यान गएका दम्पतिको शव बुधवार विहान प्रहरीले दम्पतिको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याई पु¥याएको छ ।
मृत भेटिएका दम्पति मध्ये इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा चाहिं त्यहाँदेखि अलि माथि खोलामै डुबेर मरेको अवस्थामा फेला परेको र घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक क्षेत्रीले जनाउनुभयो ।

माथि मालिघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमीटर हिंड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतिलाई बगाएको हुनु सक्ने दुल्लू नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताउनुभयो ।
घरबाट साँझ अवेर हिंडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको शव फेला पारेका हुन् । इन्द्रबहादुरले दशैंको दिन अलि बढी मदिरा सेवन गरेको कारण अरु दिने तर्ने गरेको घाट तर्न बल नपुगेर खोलाले बगाएको हुन सक्ने वडाध्यक्ष थापाको अनुमान छ ।

प्रतिक्रिया