कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने

काठमाडौँ असाेज २५ – पार्टी र स्थानीय तहबीच समन्वय बढाउन कांग्रेसले मुलुकभरका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने कार्यक्रम राखेको छ ।
मुलुकभर कांग्रेसबाट निर्वाचित अध्यक्षर उपाध्यक्षको संख्या ३ सय ९७ छ । भक्तपुरको बोडेमा हुने प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रहेका सम्बन्धित गाउँपालिकाका पार्टी अध्यक्षसमेत सहभागी हुनेछन् ।
‘जनप्रतिनिधिले गर्ने कामले पार्टी संगठनको आधार खडा हुने भएकाले प्रशिक्षण दिन लागिएको हो,’ प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले भने, ‘स्थानीय गाउँपालिकाले योजना कसरी बनाउने रु बजेटको वितरण कसरी गर्ने रु न्यायिक अधिकारलाई कसरी अभ्यास गर्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइनेछ ।’
प्रतिक्रिया