दलहरुबिच सहमती जरुरी – सभामुख शाही

दलहरुबिच सहमती जरुरी – सभामुख शाही

दैलेख असोज २७ ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मुलुकको संमृद्धिका लागि सवै राजनीतिक दलहरु एक भएर अगाडी बढ्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस दैलेखले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभामुख राजबहादुर शाहीले राजनीतिक दलहरु वीच सहमती भएपछि मुलुकको बिकासमा टेवा पुग्ने औल्याए । सहमती र सहकार्य गरेर अगाडी बढेमा अपनत्वको बिकास हुने र यस्ता शुभकामना र भेटघाटका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

चियापन कार्यक्रममा नेपाली काँग्रेस दैलेखका पार्टी सभापती कृष्ण विसी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेकपा र काँग्रेस दैलेखका नेता तथा कार्यकर्ता लागएतको उपस्थितीमा चियापन सम्पन्न भएको छ । चियापान कार्यक्रमले जिल्लाका राजनीतिक दलहरुवीचको एकता, विकास र जनताको जीवनस्तर सुधारमा लाग्न थप मद्दत पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया