१३ वर्षीया बालिकाको सामूहिक बलात्कारको आरोपमा ७ पक्राउ

१३ वर्षीया बालिकाको सामूहिक बलात्कारको आरोपमा ७ पक्राउ

सुर्खेत असाेज ३०- सुर्खेतमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५ र १६ र २३ गते उनी बलात्कारमा परेकी हुन् ।

एक पटक ४ जनाले र एक पटक २ जना गरी बालिकालाई बारम्बार करणी गरिएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।बालिकाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरिसकेको छ भने अन्य केही फरार अभियुक्तको खोज तीव्र पारेको जिप्रका सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेकाहरू अधिकांश २० वर्ष मुनिका रहेका छन् । विरेन्द्रनगर नगरपालिका ३ बस्ने २३ वर्षका लालबहादुर रावत, १९ वर्षका महेश हमाल, १९ वर्षका तर्क रिजाल, १८ वर्षका सदिप खड्का,  वडा नम्बर ४ का २३ वर्षका धनबहादुर खत्री, बराहताल गाउँपालिका २ का २३ वर्षीया रोशन वली र २१ वर्षकै नरेश बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यलयले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ । लाेकान्तर

प्रतिक्रिया