काँग्रेस नेता महतको निधन


दैलेख कात्तिक ७ ।
काँगेस दैलेखका एक नेताको निधन भएको छ । नेपाली काँगेस दैलेखका उप–सभापती भुपेन्द्रजंग महतको निधन भएको हो । ३४ बर्षिया नेता महतको उपचारको क्रममा भारतको दिल्लीमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । भारत भ्रमणमा रहेका उप–सभापती महतको दिल्ली स्थित मेदेओर अस्पतालमा निधन भएको हो । नेपाली जनसम्पर्क समिति भारत उत्तर प्रदेशका अनुसार महत मुम्बई हरियाणा सोनीपत हुँदै नेपाल फर्कने क्रममा दिल्लीको आनन्द बिहारमा मुर्छा परि बेहोस भएका थिए । महत आनन्द विहारमा अचेत भएर लडेपछि अस्पताल पु¥याएको थियो ।
घटनास्थलबाट महतलाई पहिला नीजि अस्पताल म्याक्समा उपचारका लागि भर्ना गरिएपछि उनलाई डेंगी भएको थाहा भएको थियो । उपचार महंगो भएपछि उनलाई एम्स अस्पताल र अन्तिममा एम्स नजिकैको नीजि अस्पताल मेदेओर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार नेता महतको डेंगीका कारण निधन भएको हो । महतलाई पहिलेदेखि डेंगी भएको आशंका गरिएको छ । उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको काँग्रेस दैलेखले जनाएको छ ।

महतको शव नेपाल ल्याउनलाई अस्पताल, दिल्ली प्रहरीको आवश्यक प्रक्रिया पुरा गरि भारत स्थित नेपाली राजदुताबासले पत्र बनाएपछि नेपाल ल्याउने तयारी गरिएको नेपाल जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बताए । नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि एवं नेपाल महिला संघ दैलेखका सभापति सिता कुमारी रानाको आग्रहमा नेपाल जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष एवं नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य बालकृष्ण पाण्डेले भारतमा उपचारको क्रममा भएको अस्पतालको खर्चको बिल भुक्तानी गरि महत्तको शव नेपाल ल्याउन प्रशासनिक पहलका लागि क्षेत्रिय संगठन सचिव लक्ष्मण पाण्डेलाई जिम्मा दिएको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया