महतको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टुडिखेलमा (तस्बिरसहित)

महतको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टुडिखेलमा (तस्बिरसहित)

दैलेख कात्तिक ८ गते ।
उपचारका क्रममा निधन भएका नेपाली काँगेस दैलेखका उप–सभापती भुपेन्द्रजंग महतकोे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दैलेख सदरमुकामको टुडिखेलमा राखिएको छ । शुक्रवार (आज) दिउस ४ बजेदेखि पाँच बजेसम्म टुडिखेलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि आजै दुल्लु लगिने नेपाली काँग्रेस दैलेखले जनाएको छ । उनको भोली (शनिवार) अन्त्येष्टि गरिने काँग्रेस दैलेखले जनाएको छ ।

यो पनी हेर्नुहोस्ः काग्रेंस नेता महतको अन्तिम श्रद्धाञ्जली (भिडियो सहित)

स्वर्गीय महतको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिनेको भिड लागेको थियो । नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, कर्णाली प्रदेशका सांसद, काँग्रेस दैलेखका नेता कार्यकर्ता, नेकपा दैलेखका नेता कार्यकर्ताहरुले महतको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन टुडिखेल पुगेका थिए । उपसभापती महतको ३४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया