सबैलाई रुवाएर अस्ताए नेता महत

सबैलाई रुवाएर अस्ताए नेता महत

दैलेख कात्तिक ९ गते । नेपाली काँग्रेसका उप-सभापति भुपेन्द्रजंग महतको पार्थिव शरिर शनिवार अन्त्यष्टि गरिएको छ । शनिवार विहान दुल्लु नगरपालिका–३ मा रहेको नेपा गाउँमा रहेको महतको घरबाट शवयात्रा शुरु गरी कर्णाली नदिमा अन्त्यष्टि गरिएको हो । उनको पार्थिव शरिरमा उनका आफन्त तथा नेपाली काँग्रेस निकट नेता कार्यकर्ताहरुले दागवति दिएका थिए । महतको शव शुक्रवार दिउस सदरमुकामको टुडिखेलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि शुक्रबार साझँ दुल्लुमा पनी अन्तिम श्रद्धाञ्जलीका लागी राखि घर पु¥याईएको थियो । उनको शवयात्रामा बाक्लो संख्यामा शुभचिन्तक तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेता महतको उपचारका क्रममा बुधबार ३४ बर्षको उमेरमा भारतमा निधन भएको थियो ।
जिल्लाले गुमायो असल नेता
नेता महतको निधनले जिल्लालाई नै क्षति पुगेको नेपाली काँग्रेसका कोषाअध्यक्ष पुर्णबहादुर खत्रि (चालिसे) बताउँछन् । ‘नेपाली काँग्रेसबाट राजनीति पो गरेको हो, तर हाम्रो जिल्लाले नै एक असल नेता गुमाएको छ,’ उनि भन्छन् ‘सबै पक्षलाई मिलाएर लिन सक्ने, अन्त्यन्तै सरल थिए उनि, सबै नेताले सक्दैन् ।’ नेता महत विवादमा आउन नचाहाने व्यक्ति थिए । पार्टिभित्र भएका गुटउपगुटलाई मिलाएर अघि बढ्न सक्ने र सरलता उनको सफलताको मुख्य कारण थियो । उनले गरेका कार्य जनस्तरमा लोकप्रिय थिए ।
‘शोकलाई शक्तिमा बदल्नुपर्छ’
नेता महतको निधनमा सबै दुखी भएपनी काँग्रेसले शोकलाई शक्तिमा बदल्नुपर्नेमा नेताहरुको जोड छ । नेता महतको निधनले जिल्लालाई नै क्षति पुगेको बताउँदै उनका राम्रा कुराहरुलाई आगामी पीढिले अनुसरण गनुपर्ने काँग्रेस जिल्ला सभापति कृष्णकुमार बिसीले बताए । ‘नेता महतको निधनले पार्टि तथा हामी सबैलाई गहिरो चोट परेको छ, एउटा असल नेता गुमाउँदा सबैलाई पिडा हुनु स्वभाविक हो,’ उनले भने ‘अब हामीले शोकलाई शक्तिमा बदल्ने हो, महतले त आफु जस्तै महत बन्न सबैलाई प्रेरित गरेका छन् ।’
यता नेपाल महिला संघकी जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधी सिताकुमारी रानाले एउटा असल नेता गुमाउँदा दुखी भएको बताईन् । सरल स्वभाव, निर्णय लिन सक्ने उत्कृष्ट क्षमता लगायतका स्वभाव सबैमा नहुने उनको बुझाई छ । ‘पार्टिको बलियो आधार हामी माँझ रहनुभएन्,’ उनले भनिन् ‘अब आगामी दिनमा सबै नेता कार्यकर्ताका लागी गतिलो सन्देश दिएर उहाँ जानुभएको छ, हामीले त्यसैलाई सदुपयोग गर्न सक्नुपर्छ ।’

काँग्रेसको सहयोग
भारतमा निधन भएका नेता महतको शव नेपाल ल्याउनका लागी नेपाली कांग्रेसले आर्थिक सहयोग उपलब्ध गराएको छ । भारतबाट शव ल्याउन तथा अन्य खर्चका लागी पारिवारिक भार नपार्ने उदेश्यका साथ नेपाली काँग्रेसले आर्थिक सहयोग उपलब्ध गराएको नेपाल महिला संघकी जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधी सिता कुमारी रानाले ज्वाला सन्देशलाई बताईन् ।
तस्विरहरू :

प्रतिक्रिया