‘राउटे घरपरिवारलाई न्यानो कपडा’

‘राउटे घरपरिवारलाई न्यानो कपडा’

ज्वाला शन्देश । गुराँस गाउँपालिकाको वडा नम्बर ०४ मा बसोबास गरिरहेको राउटे समुदायका घरपरिवारहरुका लागी न्यानो कपडा बितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित राउटे परियोजना मार्फत वस्तीमा रहेका ४६ घर राउटे परिवारलाई ४६ थान ब्ल्याङ्केट तथा बालबालिकाहरुका लागी न्यानो कपडा बितरण गरिएको हो ।

चिसो बढ्दै गएका कारण राउटे समुदायकामा बसोबास गर्ने राउटे तथा बालबालिकाहरुको स्वास्थ्य मध्यनजर गरेर न्यानो कपडा सहयोग गरिएको (सोसेक) नेपालका संस्थापक अध्यक्ष हिरासिहं थापाले बताए । ‘चिसोका कारण बालबालिकाहरुमा सामान्य समस्या देखा पर्न थालेपछि उनिहरुको सहजताका लागी हामीले न्यानो कपडा बितरण गरेका हौँ ।’ थापाले थपे ‘यो समुदायका हकहित र संरक्षणका लागी हामीले बिगत देखि नै बिभिन्न अभियान तथा सहयोगका कार्यक्रममा गरिरहेका छौँ ।’

सो क्रममा राउटे समुदायका बालबालिकाहरु नृत्य समेत प्रस्तुत गरेका थिए । न्यानो कपडा बितरण कार्यक्रममा संस्थापक अध्यक्ष सहित पुर्व अध्यक्ष सिता कुमारी राना, गुराँस गाउँपालिकाको वडा नम्बर ०७ का अध्यक्ष हुकुम खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया