यसरी हुदैछ दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण (फोटो फिचर)

यसरी हुदैछ दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण (फोटो फिचर)

दैलेख । दैलेखका विभिन्न स्थानहरूमा चिनियाँ विशेषज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम अन्वेषणको कामलाई तीव्र बनाएको छ । नाबिस्थान, शिरस्थान पादुका लगायतका स्थानमा चाइना जिओ लोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रता रुपमा अघि बढाएको विभागका अन्वेषण अधिकृत गुणराज त्रिपाठीले बताए ।

अन्वेषणका लागि आवश्यक सामान राख्ने, चीनको अन्वेषण टोली र कामदार बस्ने क्याम्प डुगेश्वर गाउँपालिका–१ को कुप्रा बजार नजिक निर्माण गरिएको छ । अन्वेषण अधिकृत त्रिपाठीका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले अहिले साइस्किम सर्वेको काम अघि बढाइएको र अन्य तीनवटा सर्वेका काम पनि एकैसाथ अगाडि बढाइएको छ। अहिले अन्वेषणका लागि चारवटा विषयमा अध्ययनको काम भैरहेको त्रिपाठीले बताए। चारवटा सर्भेमध्ये जमिनमुनिको संरचना पत्ता लगाउने तयारी पूरा भएको छ। जिओलोजिकल सर्वे दुई सातादेखि सुरु भइरहेको छ।

भौतिक सर्वे र जिओ केमिकल सर्वेअनुसार विभिन्न स्थानहरूमा काम सुरु गरिरहेको त्रिपाठीले बताए। दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड रुपैयाँको सम्झौता भएको छ।

शब्दः उदयराज अधिकारी तस्विरहरुः बिशाल सुनार

प्रतिक्रिया