धनगढी विमानस्थल आइतबारदेखि आशिंक बन्द

धनगढी विमानस्थल आइतबारदेखि आशिंक बन्द

धनगढी । धावनमार्ग मर्मतसम्भार तथा स्तरोन्नतीका लागि धनगढी विमानस्थल आइतबारदेखि एक महिना आशिंक बन्द हुने भएको छ ।

‘धावन मार्गमा आइतबारबाट मर्मतसम्भार तथा स्तरोन्नतीको बाँकी काम सुरु हुँदैछ । एक महिनासम्म दिउँसो ३ बजेदेखि ७ बजेसम्म विमानस्थल बन्द रहने छ’, धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

सम्बन्धितः सरकारी सवारी दुरुपयोगको बिरोध

गत जेठमा १८ सय मिटरमध्ये ४ सय २० मिटर धावनमार्ग मात्र कालोपत्रे गरिएको थियो । पार्किङ क्षेत्रमा ओभरलेको काम पनि बाँकी रहेकाले त्यसलाई निरन्तरता दिन लागिएको उनले बताए ।

विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौंका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् ।

प्रतिक्रिया