दैलेख पेट्रोलिय उत्खनन्का खाल्डा पुरिए पछि अराजक गतिबिधि रोक्न पत्राचार

दैलेख पेट्रोलिय उत्खनन्का खाल्डा पुरिए पछि अराजक गतिबिधि रोक्न पत्राचार

दैलेख मंसिर ८ गते । दैलेखको श्रीस्थान नाभीस्थानमा पादुका लगायतका क्षत्रेमा रहेको पेट्रोलियम पदार्थको अन्बेषणको क्रममा चिनियाँ प्राबिधिक टोलीले निर्माण गरेका खाल्डाहरू पुर्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका ११ वटै स्थानीय तहलाई अराजक गतिबिधि रोक्न पत्राचार गरेको छ ।
प्राबिधिक टोलीले अन्बेषणका लागि खनेका खाल्डाहरू मध्य केही खाल्डा पुर्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो स्थानीय सरकारको सीमाक्षेत्रमा खनिएका खाल्डाहरूको संरक्षण गर्न स्थानीय तहलाई पत्रचार गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । प्राबिधिक टोलीले अन्बेषणका क्रममा सजिलोका लागि खनिएका खाल्डाहरु धमाधम पुरिन लागेपछि सरकारलाई पत्राचार गरी सजग गराइएको जनाए ।
जिल्लाका बिभिन्न स्थानमा चिनियाँ प्राबिधिक टोलीले जमिन खन्ने चिनो लगाउने काम गरिरहेको र १० मिटरदेखि १२ मिटरको सम्म गहिरो खनेका खाल्डाहरुलाई ढुंगा भर्ने र प्राबिधिकले लगाएको चिनो नै मेट्ने काम भएपछि जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरी अराजक गतिबिधि नर्गन सबै सर्बसाधारणहरुलाई आग्रह गरेको हो ।
नेपाल सरकार र चीन सरकारको सम्झौता अनुसार दैलेखको पेट्रोलियम पदार्थको अन्बेषण हुँदै गरेको अबस्थामा एकाएक खाल्डा पुर्न थालेपछि त्यस्ता अराजक गतिबिधि गर्नेहरूको खोजी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
हामी त्यस्ता अराजक गतिबिधि गर्नेहरूको खोजीमा छौं भेटिएमा काुनन अनुसार कार्वाही गर्ने तयारी समेत जिल्ला प्रशासनले गरेको प्रजिअ कट्टेलले जानकारी दिए ।
खानी तथा भूर्गभ बिभागमा भूर्गभबिद दिनेश त्रिपाठीका अनुसार दैलेखका बिभिन्न भूभागमा अन्बेषणका लागि खाल्डा खनिएको र त्यसको संरक्षणमा समस्या भएको बताए । उनले खाल्डा खन्ने र त्यसको अध्ययन पश्चात अन्बेषण हुने जानकारी दिए ।

प्रतिक्रिया