पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात : देशभर चिसो बढ्ने (यस्तो छ मौसम पूर्वानुमान)

पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात : देशभर चिसो बढ्ने (यस्तो छ मौसम पूर्वानुमान)

काठमाडौं मंसिर २६: नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ। बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमासमेत हल्कादेखि मध्यम हिमपातको हुने उल्लेख गरेको छ।

‘न्युन चापिय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ।’ बुलेटिनमा भनिएको छ, पश्चिमी भू-भागका धेरै स्थानमा, मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।’ 

बुधबारबाट सुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने छ। महाशाखाले उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुँदा तापक्रममा गिरावट हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तो छ मौसम पूर्वानुमान

बिहीबार

देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।

शुक्रबार

देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

शनिबार
देशभर आंसिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वका र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू-भागहरुमा मध्यम हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया