विकास र समृद्धिको अभियानमा लाग्न मुख्यमन्त्रिको आग्रह

          |   प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६     ::: 202 पटक पढिएको   |  

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको जगमा कर्णाली प्रदेश तथा समग्र देशको विकास र समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन् ।

उनले नेपाली जनताको लामो संघर्षपछि मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रक्षा गर्दै सबै जाति, धर्म, भाषा, संस्कृति, लिङ्ग, वर्ग र क्षेत्रका नागरिकलाई मुख्यमन्त्री शाहीले सन्देशमार्फत आह्वान गरेका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ का अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भनेका छन्, ‘इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ को यस पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र विविधतापूर्ण भूगोल भएको एवं विविधिताका माझ समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति र पर्वले नेपाली समाजलाई बलियो बनाएको सन्देशमा उल्लेख गर्दै उनले आज पर्न गएको इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रीष्टमस’ ले विदेशका साथै स्वदेशमा रहनुहुने आम नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीका साथै सम्पूर्णमा आपसी सद्भाव, स्नेह, सहिष्णुता, भ्रातृत्वको भावनामा वृद्धि हुँदै राष्ट्रिय एकता कायम हुनेमा विश्वास लिएको बताएका छन् ।



Leave a comment

Your email address will not be published.


*