आफूखुसी स्थानीय पाठ्यक्रम निर्माण

          |   प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     ::: 203 पटक पढिएको   |  

सुर्खेत पुस १३ । कर्णालीका स्थानीय तहले आफूखुसी स्थानीय पाठ्यक्रम निर्माण र लागू गरिरहेका छन्। स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाविपरीत स्थानीय पाठ्यक्रम लागू गरेको पाइएको छ। स्थानीय पाठ्यक्रम भन्दै अंग्रेजी माध्यममा घोकाउने काम भइरहेको भेटिएको छ। कर्णालीका स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको अवस्था अध्ययन गर्न खटाइएको विज्ञ टोलीले मनपरी गरेको फेला पारेको हो। सामाजिक विकास मन्त्रालयले खटाएको टोलीले स्थलगत अध्ययन गरेको थियो।

जुम्लाको भैरवमावि धुपीढुस्का, नवप्रभात मावि तलिचौर, रत्नचुलेश्वर मावि, सरस्वती मावि मिचा, शम्भुनाथ ज्ञानकुञ्ज मावि चन्दननाथ, भैरवमावि सिँजा, दैलेखको ज्वाला मावि भगवतीमाई र कालिकोटको महादेव मावि खाँडाचक्रले स्थानीय पाठ्यक्रम भन्दै अंग्रेजी पढाइरहेको टोलीका सदस्य डा. हर्कबहादुर शाहीले बताए। कतिपयले पाठ्यक्रम नै नबनाइ परीक्षा लिएको भनेर अंक दिएको भेटिएको उनले बताए। ‘अनिवार्य स्थानीय पाठ्यक्रम बनाएर लागू गर्नुपर्ने नियम छ तर धेरै ठाउँमा मनलाग्दी भइरहेको पाइयोे,’ उनले भने, ‘नियमन नहुँदा मनपरी भएको छ।’

निर्देशिकाअनुसार हरेक स्थानीय तहले सय पूर्णांकको स्थानीय पाठ्यक्रम लागू गर्न सक्छन्। यो पाठ्यक्रम स्थानीय आवश्यकता, स्रोत, ज्ञान र सीपका आधारमा निर्माण गर्नुपर्नेमा यहाँका स्थानीय तहले मनलाग्दी पाठ्यक्रम लागू गरेको पाइएको छ। प्राथमिक विद्यालयले कक्षा १–५ सम्म स्थानीय विषयमा पाठ्यक्रम बनाएर अनिवार्य लागू गर्नुपर्छ। तर रुकुमपश्चिमको दीपज्योति मावि आठविसकोट, भेरीदोभान मावि सानीभेरी, जनप्रिय मावि त्रिवेणी, विजेश्वरी मावि र जनकल्याण मावि चौरजहारीले स्थानीय पाठ्यक्रमका नाममा अंग्रेजी पढाइरहेको फेला परेको छ।

जुम्लाको मालिका आधारभुत विद्यालय गौतमवाडाले जडिबुटीसम्बन्धी पाठ्यक्रम लागू गरेको छ। तर दुई वर्षयता लागू गरेको यो पाठ्यक्रम यतिबेला परिवर्तन गर्न लागिएको छ। डोल्पाको त्रिपुरा मावि काइगाउँ, अन्नपूर्ण मावि मुड्केचुला र आदर्शमावि जुफालले यार्सागुम्बासम्बन्धी पाठ्यक्रम लागू गरे पनि प्रभावकारी नभएको टोलीको निष्कर्ष छ। पाठ्यक्रममै त्रुटि रहेको र व्यवस्थित नहुँदा थप जटिलता उत्पन्न भएको डा. शाहीले बताए। मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले अब मन्त्रालयले नै पाठ्यक्रमको विषय, शिक्षण विधि र शिक्षण सामग्रीलगायत समावेश गर्ने जानकारी दिए।

विज्ञ टोलीले कर्णालीमा जिल्लाअनुसार फरकफरक पाठ्यक्रम बनाउन सिफारिस गरेको छ। जुम्ला, हुम्ला, मुगु र डोल्पामा जुम्ली खसभाषा, भोटे, खाम र काइके भाषामा पाठ्यक्रम बनाउन सिफारिस गरिएको छ। यस क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा, पशुपालन, जडिबुटी, परम्परागत खाद्यान्न बाली, संस्कृति, परम्परा र फलफूलका आधारमा पाठ्यक्रम बनाउन पनि विज्ञ टोलीले सुझाव दिएको छ। कालिकोटमा तरकारी र जडिबुटी तथा सुर्खेतमा मगर भाषाको पाठ्यक्रम बनाउँदा उपयुक्त हुने सुझाव छ। जाजरकोट, रुकुमपश्चिम, दैलेख र सल्यानमा सुन्तला खेती र कृषि समेटेर पाठ्यक्रम बनाउन सिफारिस गरिएको छ। अन्नपूर्ण



Leave a comment

Your email address will not be published.


*