दैलेखका उच्च पहाडी भेगमा हिमपात

दैलेखका उच्च पहाडी भेगमा हिमपात

दैलेख पुष १८ : जिल्लाको उच्च पहाडी भेगमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । महाबु गाउँपालिकाको पर्यटकीय स्थल महाबु, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको माथिल्लो भू-भागमा हिउँ परेको छ । यस्तै आठबीस नगरपालिकाको सिंहासैनी, पिपलकोट, ठाटीकाँध गाउँपालिकाको मदान ताललगायतका क्षेत्रमा हिउँ परेको छ । दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङ्ला गुराँसेको विभिन्न बस्तीमा हिउँ परेको छ । गुराँसे रातानाङ्लामा परेको हिमपातका कारण सवारी आवतजावत समेत प्रभावित भएको छ । 

लगातारको वर्षा र हिमपातका कारण यहाँका जनजीवन प्रभावित भएको छ  वर्षासँगै अत्याधिक चिसो बढेका कारण यहाँका स्थानीयलाई घरबाट बाहिर निस्कन कठिन भएको छ ।चिसोले दैलेखका बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपातले कृषक भने खुसी भएका छन्। वर्षात भएपछि सिचाई सुविधा नभएका स्थानमा सिचाई भएको छ । गहुँ जौ, केराउ, चना, मसुरो, आलुलगायतका हिउँदेबालीका लागि वर्षाले फाइदा पुग्ने कृषक बताउँछन्।

प्रतिक्रिया